सरकार विदेशीको इशारामा चल्यो : ओली

हिमाल प्रेस १ माघ २०८२ १८:२० | Thursday, January 15, 2026
20
SHARES
सरकार विदेशीको इशारामा चल्यो : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा फिर्ता लिन महान्याधिवक्ताको कार्यालयले गरेको निर्णयप्रति आपत्ति जनाएका छन्।

नेकपा एमालेले बिहीबार आयोजना गरेको ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका संघर्ष’ पुसतकको विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्ता गतिविधिले देशमा दण्डहीनता बढाएको र बाह्य शक्तिलाई खेल्ने मौका दिएको बताए। उनले ‘हिरो’ बनाउन मुद्दा फिर्ता लिएको जिकिर गरे।

‘मुद्दा फिर्ता लिएर वा संशोधन गरेर चुनावमा हिरो बनाउन खोज्ने? मान्छेलाई अलमल्याउन यो सब गरिँदैछ। जसको सम्पत्ति खाए पनि खान पाइने, विधि र थिति नचाहिने अवस्था सिर्जना गरिएको छ,’ ओलीले भने।

विदेशीको इशारामा चल्ने सरकारले विधि र कानुनलाई आफ्नो स्वार्थअनुसार प्रयोग गरेको उनको आरोप छ।

ओलीले विदेशीको इशारामा चल्ने ‘पपेट’ सरकार स्वीकार्य नहुने बताए। ‘नेपालमा नेपालीको सरकार हुनुपर्छ। विदेशीको पपेट सरकार होइन,’ उनले भने।

उनले आफ्नो पार्टी इतिहासकालदेखि राष्ट्रिय स्वाधिनता र समृद्धिका लागि संघर्षका उतारचढावबाट अघि बढ्दै आएकाले फेरि पनि निर्भयताका साथ लाग्न आग्रह गरे। नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरूकै पालामा हुनुपर्छ भन्ने अभियानका साथ अहिले पनि लागि रहेको उनले बताए।

प्रकाशित: १ माघ २०८२ १८:२० | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast