यात्रुले आपतकालीन ढोका खोल्दा उडानमा ढिलाइ, बुद्ध एयरले माग्यो क्षमा

हिमाल प्रेस ३० पुष २०८२ १२:३८ | Wednesday, January 14, 2026
18
SHARES
यात्रुले आपतकालीन ढोका खोल्दा उडानमा ढिलाइ, बुद्ध एयरले माग्यो क्षमा

काठमाडौँ- भैरहवाबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको जहाजको आपतकालीन ढोका खोल्दा उडानमा ढिलाइ भएको छ। बुद्ध एयरको उडान नम्बर ८५२ (जहाज ९ एन एएमडी) मा यात्रु सुमन गौतमले अनाधिकृत रूपमा आपतकालीन ढोका खोल्दा उडान ढिलाइ भएको बुद्ध एयरले जानकारी दिएको छ।

उक्त कार्यमा संलग्न यात्रुलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ। हवाई सुरक्षा मापदण्ड अनुसार, जहाजको विस्तृत प्राविधिक परीक्षणका लागि काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको छ। पूर्ण परीक्षण र सुरक्षा सुनिश्चित भएपछि मात्र जहाजले उडान भर्नेछ।

नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानको आपतकालीन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध हो। यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति बुद्ध एयरले क्षमा मागेको छ।

प्रकाशित: ३० पुष २०८२ १२:३८ | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast