खराब मौसमले बुद्ध एयरको उडान प्रभावित 

हिमाल प्रेस ९ असोज २०८३ ११:०६ | Friday, September 25, 2026
खराब मौसमले बुद्ध एयरको उडान प्रभावित  बुद्ध एयर

काठमाडौँ- लगातारको खराब मौसम र अपुग दृश्यता (भिजिबिलिटी) का कारण आन्तरिक हवाई उडान प्रभावित भएका छन्।

बुद्ध एयरका अनुसार अपुग भिजिबिलिटीका कारण तुम्लिङटार, भरतपुर र पोखरा विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन्।

मौसममा सुधार नआएसम्म ती विमानस्थलबाट उडान तथा अवतरण प्रभावित रहने जनाइएको छ।

यात्रुहरूलाई उडानको पछिल्लो अवस्थाबारे जानकारी लिन बुद्ध एयरको वेबसाइट वा मोबाइल एप प्रयोग गर्न आग्रह गरिएको छ।

यात्रा अघि उडान समय र अवस्थाबारे अद्यावधिक जानकारी लिएर मात्रै विमानस्थल पुग्न कम्पनीले अनुरोध गरेको छ।

प्रकाशित: ९ असोज २०८३ ११:०६ | Friday, September 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast