कक्षा ५ र ८ का वार्षिक परीक्षा आवेदन फाराम खुला

हिमाल प्रेस २८ पुष २०८२ १५:०१ | Monday, January 12, 2026
30
SHARES
कक्षा ५ र ८ का वार्षिक परीक्षा आवेदन फाराम खुला

रौतहट- ईशनाथ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले शैक्षिक सत्र २०८२ का कक्षा ५ र ८ का विद्यार्थीको वार्षिक परीक्षाका लागि आवेदन फाराम खुला गरेको छ। सम्बन्धित विद्यालयलाई निर्धारित मितिमा फाराम पेस गर्न आवश्यक कागजातसहित तयारी पूरा गर्न निर्देशन दिइएको छ।

नगर शिक्षा अधिकारी नन्दकिशोर गुप्ताले जारी गरेको सूचनाअनुसार, विद्यार्थीको IEMIS तथ्यांक सत्यापन माघ २ गतेदेखि सुरु हुनेछ। यसपछि कक्षा ५ र ८ का विद्यार्थीको आवेदन फाराम प्रिन्ट गरी प्रवेश पत्र तयार पारिनेछ। आवेदन फारामका लागि फोटो टाँस, प्रवेश पत्र र अन्य कागजातहरू विद्यालयमा राख्नुपर्नेछ।

विद्यार्थीको सिम्बोल नं माघ २२ मा कायम गरिनेछ भने अन्तिम आवेदन फाराम शिक्षा शाखामा पेस गर्ने मिति  माघ २९ तोकिएको छ।

आवेदन फाराम पेस गर्दा अनलाइनमा जन्म दर्ता प्रमाणपत्र, आमाबाबुको नागरिकताको प्रतिलिपि र विद्यार्थीको फोटो अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। म्याद नाघी फाराम पेस नगरेको खण्डमा विद्यालय जिम्मेवार हुनेछ।

नगर शिक्षा अधिकारी नन्दकिशोर गुप्ताले विशेष जानकारीका लागि शिक्षा, युवा तथा खेलकुद शाखामा सम्पर्क गर्न आग्रह गरेका छन्।

प्रकाशित: २८ पुष २०८२ १५:०१ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast