विश्वभाषा क्याम्पसमा हिउँदे सत्रका लागि नयाँ भर्ना खुला

हिमाल प्रेस १८ पुष २०८२ ६:३९
4
SHARES
विश्वभाषा क्याम्पसमा हिउँदे सत्रका लागि नयाँ भर्ना खुला

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयअन्तर्गतको विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्गले हिउँदे सत्रका लागि विभिन्न विदेशी भाषाका कक्षामा नयाँ भर्ना खुला गरेको छ। क्याम्पसका अनुसार माघ १९ गतेदेखि कक्षा सञ्चालन हुने गरी भर्ना प्रक्रिया सुरु गरिएको हो।

नयाँ भर्ना खुला गरिएका भाषाहरूमा चिनियाँ, फ्रेन्च, जर्मन, स्पेनिस, जापानिज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्रु, प्रारम्भिक अंग्रेजी तथा लेखन अंग्रेजी रहेका छन्। यीमध्ये कुनै एक भाषा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले तोकिएको समयभित्र आवेदन फाराम भरी क्याम्पसको सूचनाअनुसार भर्ना हुन क्याम्पसले आग्रह गरेको छ।

क्याम्पस प्रशासनका अनुसार आवेदन फाराम लिने तथा बुझाउने मिति पुस २३ गतेदेखि माघ ०७ गतेसम्म तोकिएको छ। फाराम बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बुझाउन सकिनेछ।

अंग्रेजी लेखन बाहेक अन्य सबै भाषाका लागि न्यूनतम शैक्षिक योग्यता एस.एल.सी. वा एस.ई.ई.मा कम्तीमा “C” ग्रेड वा सो सरह उत्तीर्ण हुनुपर्नेछ भने अंग्रेजी लेखनका लागि स्नातक वा सो सरह उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरिएको छ।

भर्नाका लागि आउँदा विद्यार्थीहरूले अनिवार्य रूपमा सक्कल प्रमाणपत्र देखाई प्रतिलिपि रुजु गराउनुपर्नेछ। दोस्रोदेखि छैटौं सेमेष्टरसम्मको भर्ना माघ १८ गतेदेखि माघ २५ गतेसम्म हुने क्याम्पसले जनाएको छ।

त्यसैगरी, लेभल टेस्टको फाराम वितरण माघ ४ गतेदेखि ८ गतेसम्म हुनेछ भने परीक्षा माघ १३ गते सञ्चालन गरिनेछ। त्रि.वि.को निर्णयअनुसार तोकिएको भर्ना समयबाहेक अन्य समयमा भर्ना नलिइने क्याम्पसले स्पष्ट पारेको छ।

प्रकाशित: १८ पुष २०८२ ६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast