कसैको पनि सैनिक अड्डा हाम्रो देशमा राख्‍न दिन्‍नौँ : ओली

हिमाल प्रेस ६ माघ २०७९ १३:४९ | Friday, January 20, 2023
कसैको पनि सैनिक अड्डा हाम्रो देशमा राख्‍न दिन्‍नौँ : ओली फाइल तस्बिर।

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अन्य देशको सैनिक गतिविधिहरू नेपालमा हुन नदिने बताएका छन्। एमालेको परराष्ट्र विभागले काठमाडौँमा शुक्रबार गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले अन्य देशका सैनिक अड्डाहरू नेपालमा राख्न नदिने बताएका हुन्।

‘देशमा कसैको पनि मिलिट्री बेस, सैनिक गतिविधि वा त्यस्ता अड्डाहरू हाम्रो देशमा राख्न दिँदैनौँ,’ उनले भने, ‘कसैले राख्यो भने हाम्रा लागि अहित हुन्छ, सार्वभौमसत्तामाथि अतिक्रमण हुन्छ।’

उनले सार्वभौम, स्वाधिनता र स्वतन्त्रतामा कुनै पनि हिसाबले सम्झौता नगर्ने पनि बताए । ‘हाम्रो भूमि कसैका विरुद्ध प्रयोग गर्न दिँदैनौँ, हामीले छिमेकीसँग कार्ड खेल्ने होइन,’ उनले भने, ‘हामी विश्व शान्ति र निशस्त्रीकरणको पक्षमा छौँ, परमाणु हतियारप्रति हाम्रो समर्थन र सहमति छैन।’

उनले ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ भन्ने नीतिबाट अगाडि बढिरहेको पनि बताए।

प्रकाशित: ६ माघ २०७९ १३:४९ | Friday, January 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast