द्वन्द्वपीडित तथा सहिदका छोराछोरीका लागि छात्रवृत्तिको आवेदन आह्वान

हिमाल प्रेस १० पुष २०८२ १०:५३
8
SHARES
द्वन्द्वपीडित तथा सहिदका छोराछोरीका लागि छात्रवृत्तिको आवेदन आह्वान

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रअन्तर्गत शिक्षा विकास तथा समन्वय एकाइ, नुवाकोटले द्वन्द्वपीडित तथा सहिदका छोराछोरीका लागि छात्रवृत्तिका लागि निवेदन आह्वान गरेको छ।

आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत शैक्षिक सत्र २०८२ मा वितरण गरिने उक्त छात्रवृत्ति प्राप्त गर्न जिल्लाभित्रका आधारभूत तथा माध्यमिक विद्यालयमा अध्ययनरत १८ वर्षसम्मका द्वन्द्वपीडित (घाइते वा मृतक) परिवारका विद्यार्थी तथा सहिदका छोराछोरीले आवेदन दिन सक्ने जनाइएको छ।

नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी (चौथो संशोधन, २०७४) कार्यविधि, २०६६ अनुसार छात्रवृत्ति वितरण गरिने इकाइले जनाएको छ।

इच्छुक तथा योग्य विद्यार्थीले आवश्यक कागजातसहित २०८२ माघ १५ गतेभित्र शिक्षा विकास तथा समन्वय एकाइ, नुवाकोटमा निवेदन पेस गर्नुपर्नेछ। तोकिएको समयभित्र प्राप्त नभएका वा कागजात अपुग भएका निवेदन उपर कुनै कारबाही नहुने स्पष्ट पारिएको छ।

निवेदनका लागि गृह मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट द्वन्द्वपीडित वा सहिद घोषणा भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, संरक्षक र द्वन्द्वपीडित वा सहिदबीचको नाता प्रमाणित कागजात, विद्यार्थीको जन्मदर्ता, अघिल्लो कक्षाको ग्रेडसिट, IEMIS ID नम्बर खुल्ने गरी अध्ययनरत विद्यालय प्रमुखबाट प्रमाणित सिफारिस पत्र, विद्यार्थीको नाममा खोलिएको बैंक खाताको चेकको प्रतिलिपि वा रद्द गरिएको चेक पेस गर्नुपर्नेछ। साथै, सशस्त्र द्वन्द्वका क्रममा अंगभंग भई घाइते व्यक्तिको परिवारका हकमा ५० प्रतिशतभन्दा बढी अपांगता भएको प्रमाणपत्र समेत आवश्यक पर्नेछ।

यससम्बन्धी जानकारी जिल्ला भित्रका सबै विद्यालयसम्म प्रवाह गरी सहजीकरण गर्न शिक्षा विकास तथा समन्वय एकाइले नुवाकोटका सबै नगर तथा गाउँपालिकाका कार्यालयलाई अनुरोध गरेको छ। सूचना शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरलाई समेत बोधार्थ पठाइएको छ।

 

प्रकाशित: १० पुष २०८२ १०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast