नियमित र आंशिक परीक्षार्थीका लागि कक्षा १२ को फाराम खुला

हिमाल प्रेस ८ पुष २०८२ ११:३० | Tuesday, December 23, 2025
22
SHARES
नियमित र आंशिक परीक्षार्थीका लागि कक्षा १२ को फाराम खुला

काठमाडौँ- कक्षा १२ को परीक्षा फाराम खुलेको छ। २०८३ सालमा हुने वार्षिक परीक्षाका लागि फाराम खुला गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले जानकारी दिएको छ।

२०८३ को वार्षिक परीक्षाका लागि नियमित र आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९ (अन्तिमपटक), ८० र ८१ भएका परीक्षार्थी मात्र) का विद्यार्थीका लागि फाराम खुलाइएको हो।

परीक्षासम्बन्धी वार्षिक कार्यतालिकामा उल्लेख भएअनुसार पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्ने पर्ने हुन्छ। यो अवधिमा छुटेका विद्यार्थीले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ।

शुल्क बुझाएको प्रमाणसहित फाराम माघ २५ गतेसम्म बुझाइसक्न विद्यालयलाई बाेर्डले निर्देशन दिएको छ।

प्रकाशित: ८ पुष २०८२ ११:३० | Tuesday, December 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast