युवालाई शिक्षामन्त्रीले भने- नेतृत्व सम्हाल्न आगामी चुनावमा ‘ज्यान फालेर’ लाग्नुपर्‍यो

हिमाल प्रेस ८ पुष २०८२ १०:४०
12
SHARES
युवालाई शिक्षामन्त्रीले भने- नेतृत्व सम्हाल्न आगामी चुनावमा ‘ज्यान फालेर’ लाग्नुपर्‍यो

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले काठमाडौँमा जुलुस निकालेर मात्रै कुनै परिवर्तन नआउने बताएका छन्। उनले आगामी निर्वाचनमा युवापुस्ताले नेतृत्व लिन ज्यान फालेर लाग्नुपर्ने आवश्यकता औँल्याएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत मन्त्री पुनले अब युवापुस्ताले नेतृत्व सम्हाल्दै आगामी चुनावमा सक्रिय रूपमा होमिनुपर्ने बताए। ‘युवापुस्ताले नेतृत्व सम्हाल्न आगामी चुनावमा ज्यान फालेर लाग्नु पर्‍यो। काठमाडौँमा जुलुस निकालेर केही हुनेवाला छैन,’ उनले भने।

पुनले साेमबार प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सोमबार सिंहदरबारमा  राजनीतिक दलहरू, नागरिक समाज, सरकार र निर्वाचन आयोगबीच करिब ६ घण्टा चलेको छलफल निष्कर्षविहीन बनेको उल्लेख गरेका छन्। उक्त छलफलमा विदेशमा बसोबास गर्ने नेपालीलाई मतदान अधिकार दिने विषयमा कुनै निर्णय हुन नसकेको उनको भनाइ छ।

पुनका अनुसार छलफलमा सहभागी राजनीतिक दलका नेता र नागरिक समाजका अगुवाहरूले ठोस समाधान प्रस्तुत गर्नुको सट्टा भाषणमा सीमित रहेर ६ महिने सरकारका कमजोरी मात्र औँल्याए।

कुनै पनि समस्याको निकासका लागि सिर्जनशील र ठोस राय दिन नसक्ने पार्टी, नेता, नागरिक समाज र सरकारले देशलाई थप संकटतर्फ धकेल्ने चेतावनी उनले दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast