अध्यक्ष तिवारीको प्रश्न- शिक्षामा २० प्रतिशत लगानी कहिले?

हिमाल प्रेस ६ पुष २०८२ ११:१४ | Sunday, December 21, 2025
68
SHARES
अध्यक्ष तिवारीको प्रश्न- शिक्षामा २० प्रतिशत लगानी कहिले? अध्यक्ष गंगाराम तिवारी।

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले २०७२ को संविधानले सुनिश्चित गरेको नि:शुल्क शिक्षा, शिक्षा क्षेत्रमा २० प्रतिशत लगानी, नि:शुल्क स्वास्थ्य उपचार तथा प्रविधिमैत्री शिक्षा कार्यान्वयनमा राजनीतिक दलहरू असफल भएको आरोप लगाएका छन्।

अध्यक्ष तिवारीले अझै पनि मुलुकका प्रमुख राजनीतिक दलहरूमा चेतनाको अभाव रहेको भन्दै प्रश्न गरे। ‘संविधानले सबै बालबालिकालाई नि:शुल्क शिक्षा दिने भनेको कहाँ पुग्यो ? शिक्षामा २० प्रतिशत लगानी कहिले भयो ? नि:शुल्क स्वास्थ्य उपचार कहिले लागू हुन्छ? प्रविधिमैत्री शिक्षा र त्यससँग जोडिएको रोजगारी कहाँ छ?,’ तिवारीले प्रश्न गरे।

कक्षा १२ पूरा गरेपछि विदेश जान बाध्य हुने अवस्था कसले सिर्जना गर्‍यो भन्ने प्रश्न उठाउँदै उनले देश युवाविहीन बन्दै जानुको मुख्य जिम्मेवारी पनि राजनीतिक नेतृत्वले लिनुपर्ने बताए। ‘मुलुकबाट युवाहरू निरन्तर बाहिरिँदै छन्, यसको दोषी को हो?’ उनले भने।

आगामी निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष तिवारीले मतदाताहरू अब सचेत भएर निर्णय लिनुपर्ने समय आएको बताए। ‘अब हामी भोट हाल्ने जनताले बुझ्नुपर्ने बेला आएको छ,’ उनले भने, ‘हाम्रो पालामा सुधार भएन भने आगामी पुस्ताले झनै दुःख पाउनेछ।’

प्रकाशित: ६ पुष २०८२ ११:१४ | Sunday, December 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast