दशरथ चन्द विश्वविद्यालयमा तेस्रोपटक उपकुलपति माग

हिमाल प्रेस २४ मंसिर २०८२ १२:०७ | Wednesday, December 10, 2025
14
SHARES
दशरथ चन्द विश्वविद्यालयमा तेस्रोपटक उपकुलपति माग

काठमाडौँ- सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तेस्रोपटक समय थपेर दरखास्त आह्वान गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत गठन भएको सिफारिस समितिले पहिलोपटक गत कात्तिक १६ गते आवेदन मागेको थियो भने दोस्रोपटक कात्तिक ३० गते पाँच दिन थपेर पुनः आह्वान गरेको थियो।

तर दुवै चरणमा आवेदन नपरेपछि समितिले मंसिर २८ गतेसम्म फेरि दरखास्त दिन सकिने गरी समय बढाएको जनाएको छ।  मन्त्रालयले सम्बन्धित सबैलाई जानकारी गराउन तेस्रो विज्ञापन जारी गरेको हो।

यस विषयमा शिक्षामन्त्री महावीर पुनले यसअघि सामाजिक सञ्जालमार्फत दुईपटकको विज्ञापन गर्दा पनि आवेदन नआएको टिप्पणी गरेका थिए।

उनले मातृभूमिका लागि स्वास्थ्य क्षेत्रमा करिब १० वर्ष काम गरेको इच्छुक व्यक्तिलाई दरखास्त पेस गर्न आग्रह गर्दै आवश्यक परे आफूलाई नै सम्पर्क गर्न समेत खुला रूपमा अनुरोध गरेका थिए।

 

प्रकाशित: २४ मंसिर २०८२ १२:०७ | Wednesday, December 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast