एनपीएल : आज खेल नहुने, भोलि पहिलो क्वालिफायर 

हिमाल प्रेस २२ मंसिर २०८२ १०:०२
8
SHARES
एनपीएल : आज खेल नहुने, भोलि पहिलो क्वालिफायर 

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा आज आज विश्राम दिन कुनै खेल हुने छैनन्। लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो। प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ।

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा अपराह्न ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स प्रतिस्पर्धा गर्नेछन्। सुदूरपश्चिम अंक तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन्।

सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो। सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो। विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो।

प्रकाशित: २२ मंसिर २०८२ १०:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast