प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति राख्ने व्यवस्था हटाउन कानुनविद्हरूसँग छलफल भइरहेको छ : शिक्षामन्त्री

हिमाल प्रेस १० मंसिर २०८२ १७:०१
10
SHARES
प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति राख्ने व्यवस्था हटाउन कानुनविद्हरूसँग छलफल भइरहेको छ : शिक्षामन्त्री प्रधानमन्त्री सुशीला कार्की, शिक्षामन्त्री महावीर पुन बुधबार कीर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालयको साधारणसभामा। तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयमा अब प्रधानमन्त्रीलाई कुलपतिका रूपमा राख्ने व्यवस्था हटाउन सरकार गम्भीर रूपमा लागेको बताएका छन्। बुधबार त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले नयाँ कानुनी व्यवस्था बनाउन कानुनविद्हरूसँग छलफल भइरहेको जानकारी दिए।

त्रिविका सहकुलपतिसमेत रहेका मन्त्री पुनका अनुसार वर्तमान सरकार कार्यकालमै आवश्यक परे अध्यादेशमार्फत पनि प्रधानमन्त्री कुलपति रहने प्रचलन अन्त्य गर्ने तयारीमा छ। ‘कानुन कसरी आउने हो, हेर्दैछौँ। तर प्रधानमन्त्री कुलपति नरहने गरी व्यवस्था ल्याउने प्रयास भइरहेको छ,’ पुनले भने।

उनले यो कदम संस्थागत सुधारका लागि महत्त्वपूर्ण हुने भन्दै प्रधानमन्त्री सुशीला कार्की पनि सो विषयमा सकारात्मक रहेको बताए। ‘यो व्यवस्थालाई हटाउने भन्नेमा न्वारनदेखिको बल लगाएका छौँ। अब त्यो बल पुग्छ कि पुग्दैन, पछि थाहा हुन्छ,’ मन्त्री पुनले भने।

त्यसैगरी, मन्त्री पुनले त्रिविअन्तर्गतका अनुसन्धान केन्द्रहरूलाई अझ सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। विश्वविद्यालयका अनुसन्धान केन्द्रहरूलाई देशको ‘थिंकट्यांक’ का रूपमा विकास गर्न सरकार इच्छुक रहेको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast