क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउपर्ने

हिमाल प्रेस २२ असोज २०८३ १५:५६ | Thursday, October 8, 2026
8
SHARES
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउपर्ने फाइल तस्बिर

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोग अनिवार्य हुनुपर्ने बताएका छन्।

कीर्तिपुरस्थित त्रिभुवन स्मृति भवनमा आयोजित त्रिवि सभाको ६७औं वार्षिक दिवसको बैठकमा अध्यक्षता गर्दै उनले विश्वविद्यालयलाई समयसापेक्ष,अनुसन्धानमुखी र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउनुपर्ने बताए।

उनले भने,‘प्रवेश परीक्षा, विद्यार्थी भर्ना, अध्ययन अध्यापनको समयावधि, प्रभावकारी आन्तरिक मूल्यांकन, अन्तिम परीक्षाको नतिजा प्रकाशन, मार्कसिट, ट्रान्सक्रिप्ट र प्रमाणपत्र वितरणको यथार्थ समय तालिका र प्रविधिको उच्चतम प्रयोग गरी विद्यार्थीहरूलाई सेवा प्रवाह गर्न ठोस कार्ययोजना बनाई अगाडि बढ्न सम्बन्धित पदाधिकारीहरूलाई निर्देश गर्दछु। कुनै कारणले क्यालेन्डर प्रभावित भए त्यसको सार्वजनिक कारण र सुधारको समयसीमा पनि सार्वजनिक गर्न सम्बन्धित सबैलाई अनुरोध गर्दछु।’

प्रकाशित: २२ असोज २०८३ १५:५६ | Thursday, October 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast