सुशीला कार्की नेतृत्वको सरकार नक्कली हो : ओली

हिमाल प्रेस ६ मंसिर २०८२ १४:५४
10
SHARES
सुशीला कार्की नेतृत्वको सरकार नक्कली हो : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार नक्कली रहेको बताएका छन्। शनिबार भृकुटीमण्डपमा आयोजित एमालेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

असंवैधानिक र अलोकतान्त्रिक ढंगले एकछिनका लागि सत्ता कब्जा गरे पनि लोकतान्त्रिक प्रणालीमा फर्काएर छाड्ने ओलीले उल्लेख गरे। अराजकताको राज धेरै लामो चल्न नसक्ने बताउँदै उनले नेकपा एमालेले चाँडै अराजकताको राज अन्त्य गर्ने जिकिर गरे।

ओलीले वर्तमान सरकार संविधान मिचेर बनाइएको नक्कली सरकार रहेको उल्लेख गरे। ‘यो अवैधानिक, असंवैधानिक, कृत्रिम सरकार हो। हिंसा, आगजनी, तोडफोडबाट बनेको नक्कली सरकार हो। यस्तो सरकारको संवैधानिक परीक्षण अदालतबाट हुनैपर्छ, कोर्टले यसलाई कुनै पनि हालतमा उचित ठहराउँदैन,’ उनले भने,‘सबै कुराको समाधान हुन्छ, नेकपा एमालेले समाधान खोज्छ।’

ओलीले एमालेलाई उत्तेजित बनाउने काम नगर्न सरकारलाई चेतावनी दिए। ‘नेकपा एमालेलाई उत्तेजित बनाउने र जिस्क्याउने काम नगर्नुस्। जे गर्नुभयो गर्नुभयो अब अगाडि बढे तपाईँहरुलाई हितकर हुने छैन,’ ओलीले भने।

उनले लोकतन्त्रको पुनः स्थापना, संविधानको कार्यान्वयनका लागि सरकारलाई हस्तक्षेप नगर्न सरकारलाई सुझाव दिए।

जेनजी नामको अस्वभाविक र कृत्रिम कुरा अगाडि सारिएको उल्लेख गर्दै उनले जेनजीको नाममा युवाहरूलाई दिगभ्रमित पार्ने काम भएको बताए। बाराको प्रसंग कोट्याउँदै ओलीले जेनजीलाई एमालेमाथि हमला गर्न नदिँदा एसपी तानिएको जिकिर गरे।

‘जेनजीलाई एमालेमाथि हमला गर्न नदिँदा एसपीलाई तुरुन्त तानियो, एमालेको कार्यक्रममा वाधा पु¥याउन विमानस्थल बन्द गराउन कुनै जेनजी आएको थिएन, सरकारले एसपी तान्यो, अनि प्रहरी जेनजी भएर आइदिनुपर्ने,’ ओलीले भने।

जेनजीले नै प्रधानमन्त्रीलाई फिर्ता बोलाउन माग गरेको उल्लेख गर्दै उनले यसतर्फ ध्यान दिन राष्ट्रपतिसँग आग्रह गरे। ‘राष्ट्रपतिज्यू अस्तिअस्ति जेनजीको माग भनेर यो सरकार बनाउनुभयो, अहिले जेनजीले नै प्रधानमन्त्रीलाई फिर्ता बोलाउन भनेका छन्,’ उनले भने,‘जेनजीले भनेअनुसार यो सरकरालाई हटाउनुस्।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले कुनै नाटक गरेर देश नचल्ने उल्लेख गरे। ‘कुनै नाटक गरेर देश चल्नेवाला छैन, भ्रष्टाचार गर्ने यो नक्कली सरकारहो, सुशासनका नाममा घृणा फैलाउन खोजीरहेको छ,’ उनले भने।

ओलीले चुनाव गराउने यो सरकारको चाहना नै नरहेको दाबी गरे। उनले भने,‘चुनावका लागि यो सरकारले सोचेकै छैन, भ्रम किन पाल्ने हामीहरु।’

प्रकाशित: ६ मंसिर २०८२ १४:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast