सरकारले नक्कली जेनजी परिचालन गरेर दललाई निषेध गर्न खोजेको छ : ओली

हिमाल प्रेस ५ मंसिर २०८२ १७:२४ | Friday, November 21, 2025
12
SHARES
सरकारले नक्कली जेनजी परिचालन गरेर दललाई निषेध गर्न खोजेको छ : ओली फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र विभिन्न शक्तिले नक्कली जेनजी परिचालन गरेर राजनीतिक दलका गतिविधिलाई निषेध गर्न खोजेको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौँमा एमालेको स्वयंसेवी दस्ता, नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) को घोषणा गर्दै ओलीले विभिन्न शक्ति र सरकार पृष्ठभागमा बसेर नक्कली जेनजी परिचालन गरी राजनीतिक दलका गतिविधिलाई निषेध गर्न खोजेको आरोप लगाए।

अरुको निर्देशन मानेर जनेजीका नाममा उपद्रो मच्चाउन नपाइने उनले बताए। अध्यक्ष ओलीले सरकारले निर्वाचनको रटान लगाए पनि शान्तिपूर्ण भेला सभा आयोजना गर्ने वातावरणसम्म बनाउन नसकेको जिकिर गरे। सरकार असफल भए देशमा झन् ठूलो विपति हुन्छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आएको भन्दै ओलीले आपत्ति जनाए।

उनले देशमा थप विध्वसं मच्चाउने योजना भए सपना नदेख्न सुझाव दिए। उनले संविधानबाट नभइ असंवैधानिक बाटोबाट वर्तमान सरकार गठन भएको भन्दै लोकतन्त्रलाई सहि बाटोमा फर्काउने उद्घोष गरे। ओलीले १२५ दललाई वार्तामा बोलाएर प्रधानमन्त्रीले एमाले र कांग्रेसको अपमान गरेको जिकिर गरे। त्यस्तै उनले एमालेको महाधिवेशन भाड्नका लागि विभिन्न प्रयास भइरहेको भन्दै भव्य रुपमा महाविधेशन गरेर देखाउने बताए।

उनले नक्कली बामपन्थीलाई एमालेमा कुनै स्थान नभएको समेत स्पष्ट पारे। ओलीले कसैका विरुद्ध नभइ हिंसा र अराजकताका विरुद्ध भोलेन्टियर फोर्स गठन गरिएको बताए। फोर्सले एमालेको मात्र होइन एमालेसँग असहमत राख्नेहरुको पनि सुरक्षा गर्ने उनले बताए।

प्रकाशित: ५ मंसिर २०८२ १७:२४ | Friday, November 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast