प्रतिनिधिसभाको पुन: स्थापनाबाट मात्र मुलुकले राजनीतिक निकास पाउँछ : ओली

हिमाल प्रेस ५ मंसिर २०८२ १६:३९ | Friday, November 21, 2025
12
SHARES
प्रतिनिधिसभाको पुन: स्थापनाबाट मात्र मुलुकले राजनीतिक निकास पाउँछ : ओली फाइल तस्बिर

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नवगठित राष्ट्रिय स्वयंसेवक फोर्स (एनभीएफ) ले मुलुकमा संकट र विपत्ति पर्दा जनताको सुरक्षा तथा सहयोगका लागि काम गर्ने बताएका छन्।

संगठनको केन्द्रीय कमाण्डको घोषणा गर्न शुक्रबार बबरमहलमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले यो कसैका विरुद्ध नभइ हिंसा र अराजकताविरुद्ध गठन गरिएको बताए।

यसले जनधनको रक्षा, औद्यागिक प्रतिष्ठानको सुरक्षामा सहयोग पु¥याउने उल्लेख गर्दै उनले सुरक्षा निकाय र सामाजिक संस्थासँग मिलेर काम गर्ने बताए।

अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभाको पुनःस्थापनाबाट मात्र मुलुकले राजनीतिक निकास पाउने बताए।

कार्यक्रममा राष्ट्रिय युवा संघका पूर्वउपाध्यक्ष पुष्पराज श्रेष्ठको संयोजकत्वमा राष्ट्रिय स्वयंसेवक फोर्सको केन्द्रीय कमाण्ड घोषणा गरिएको थियो।

प्रकाशित: ५ मंसिर २०८२ १६:३९ | Friday, November 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast