बाला चतुर्दशी मेलामा बहुमूल्य गरगहना नलगाउन प्रहरीको आग्रह

हिमाल प्रेस २ मंसिर २०८२ ८:४५ | Tuesday, November 18, 2025
12
SHARES
बाला चतुर्दशी मेलामा बहुमूल्य गरगहना नलगाउन प्रहरीको आग्रह

काठमाडौँ- पशुपतिनाथ क्षेत्रमा दिवंगत पितृको सद्गतिको कामना गर्दै मनाइने बाला चतुर्दशी मेलामा सहभागी हुँदा बहुमूल्य गरगहना नलगाउन जिल्ला प्रहरी परिसर काठमाडौँले अनुरोध गरेको छ। साथै मेलामा पकेटमारी तथा लुटपाट हुन सक्ने भएकोले विशेष सावधानी अपनाउन पनि प्रहरीले आग्रह गरेको छ।

पितृका नाममा बत्ती बाल्न आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ। त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन्।

मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान (भोलि) भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ। त्रयोदशीको बेलुकीदेखि दिवंगत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज गर्छन्।

यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लाग्छ।

प्रकाशित: २ मंसिर २०८२ ८:४५ | Tuesday, November 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast