शिक्षामन्त्री पुनको यस्तो आग्रह

हिमाल प्रेस २३ कार्तिक २०८२ ११:३६
56
SHARES
शिक्षामन्त्री पुनको यस्तो आग्रह

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बिदेशमा रहेका नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता र प्राविधिकहरूलाई देशको विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि आफ्ना सुझाव र प्रस्ताव पठाउन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत मन्त्री पुनले विदेशमा आर्जित ज्ञान, सीप, दक्षता र अन्तर्राष्ट्रिय अनुभव नेपालका लागि अत्यन्त महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गरेका छन्। तर उनले नेपालले अझैसम्म ती प्रतिभालाई राष्ट्रहितका लागि आकर्षण, प्रयोग र सम्मान गर्न नसकेको बताएका छन्।

‘मेरो अत्यन्तै छोटो कार्यकालमा विज्ञान प्रविधिको विकासमा के के गर्न सकिन्छ भनेर सुझाव लिन खोजी रहेको छु,’ पुनले लेखेका छन्,‘हालको अवस्थामा ठोस काम गर्न नसक्ने भए पनि तपाईंहरूले नेपालको हितका लागि हृदयदेखि नै सोचिरहनु भएको र गर्न चाहनु भएको अनुसन्धान र नवप्रवर्तनका अल्पकालीन प्रस्ताव, नयाँ विचार, सुझाव वा सम्भावित सहकार्यहरू छन् भने कृपया मलाई आफ्नो विचार पठाउनुहोस्।’

मन्त्री पुनले आफ्ना विचार तथा सुझावहरू [email protected] इमेलमार्फत पठाउन आग्रह गरेका छन्।

२९ दिन लामो शिक्षक आन्दोलन आवश्यक थिएन, राजनीतिक कारणले लम्बियो : विष्णु भण्डारी

प्रकाशित: २३ कार्तिक २०८२ ११:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast