गुणस्तरीय शिक्षाका सृजनशीलता, जिम्मेवारी, खुसी, समूहकार्य र शान्ति

हिमाल प्रेस १७ कार्तिक २०८२ ११:५३
34
SHARES
गुणस्तरीय शिक्षाका सृजनशीलता, जिम्मेवारी, खुसी, समूहकार्य र शान्ति

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठान र नेपाल प्रधानाध्यापक संघको सहकार्यमा ‘स्वस्थ, सृजनशील र सकारात्मक जीवनका लागि शिक्षामा स्वजागरण’ शीर्षकको दोस्रो श्रृंखलामा शिक्षाको विषयमा संवाद भएको छ।

कार्यक्रममा नेपाल अभिभावक संघमा आवद्ध केन्द्र, सातै प्रदेश र विभिन्न जिल्लाका प्रधानाध्यापक, मन्त्रालयका प्रतिनिधि तथा अन्य कर्मचारीसहित ३०० भन्दा बढी सहभागी उपस्थिति थियो।

जीवन विज्ञानका एल.पी.भानु शर्माले नेपालको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूपले तय गरेका उद्देश्यअनुसार विद्यार्थीमा गुण र सक्षमता विकासका लागि शिक्षा पाँच मूल ध्येयमा केन्द्रित हुनुपर्ने बताए।

ती पाँच ध्येय क्रमशः सृजनशीलता र नवप्रवर्तनका लागि शिक्षा, जिम्मेवारी र जवाफदेहिताका लागि शिक्षा, खुसीका लागि शिक्षा, समूहकार्यका लागि शिक्षा र शान्तिका लागि शिक्षा हुन्।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षाको गुणस्तर सुधारका लागि योग, ध्यानको दृष्टिकोणलाई व्यवहारमा ल्याउन आग्रह गरे। उनले आफूले पनि यी अभ्यासहरू सिक्दै र बुझ्दै गएको बताउँदै प्राप्त ज्ञान र सकारात्मक कुराको प्रयोग शिक्षामा गर्न आग्रह गरे।

सहभागीहरूले विद्यालय तहका शिक्षकहरूले कक्षाकोठामा योग, ध्यान र आध्यात्मिक शिक्षालाई जोडेर लागू गर्न सके शिक्षा आत्मजागरणमुखी बन्ने र हाल देखिएका धेरै समस्याहरू समाधान हुने विश्वास व्यक्त गरे। उनीहरूले आआफ्नो जिम्मेवारीको क्षेत्रमा त्यसको प्रयोग गर्न प्रतिबद्धता जनाए।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सिकाइ चौतारीमा उपलब्ध नवप्रतिभा विज्ञानका सामग्रीहरू प्रयोग गर्न सहभागीहरूलाई अनुरोध गरेको छ। साथै, मन्त्रालयले आगामी दिनमा शिक्षा क्षेत्रमा सरोकारवालाहरूलाई समेट्दै यस्ता सकारात्मक सोच र कार्यक्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०८२ ११:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast