मधेशका मुख्यमन्त्रीको विश्वासको मत छठपछि

हिमाल प्रेस ८ कार्तिक २०८२ ७:३८ | Saturday, October 25, 2025
मधेशका मुख्यमन्त्रीको विश्वासको मत छठपछि लाेसपा नेता जितेन्द्र साेनल

काठमाडौँ- मधेश प्रदेश सरकार विस्तारबारे रौतहटको चन्द्रनिगाहपुरमा सत्तापक्ष दलहरूको बैठक सम्पन्न भएको छ।

होटेल गोल्डेन बेंकटमा शुक्रबार बिहान ११ बजेदेखि बसेको बैठकमा जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी भएका थिए।

बैठकमा सरकार विस्तार, मन्त्रालय भागबण्डा, सरकारको कार्यक्षेत्र (टीओआर) तथा विश्वासको मत लिने तयारीलगायतका विषयमा विस्तृत छलफल भएको नेकपा माओवादी केन्द्रका नेता समीर भट्टराईले जानकारी दिए।

उनका अनुसार छठ पर्वका कारण हाल विश्वासको मत लिने प्रक्रिया केही दिन पछाडि धकेलिएको भए पनि, बाहिर हल्ला भएजस्तो सरकार विश्वासको मत लिन असमर्थ हुने अवस्था भने नरहेको बताए।

त्यसैगरी नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता तथा बिना विभागीय मन्त्री कनिश पटेलले मन्त्रालय भागबण्डा टुंगो नलागेको र विश्वासको मतलगत्तै टुंगो लाग्ने बताए।

गत असोज २९ गते पाँच दलको समर्थनमा लोसपा नेता जितेन्द्र सोनल मुख्यमन्त्री नियुक्त भएका थिए। असोज ३० गते उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको थियो।

त्यसयता जनमत पार्टीका नेता महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीका नेता कनिश पटेललाई बिनाविभागीय मन्त्री नियुक्त गरिए पनि मन्त्रालयको जिम्मेवारी अहिलेसम्म तोकिएको छैन।

प्रकाशित: ८ कार्तिक २०८२ ७:३८ | Saturday, October 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast