चितवन : तिहारको एक सातामा ६९ दुर्घटना, सात जनाले गुमाए ज्यान

हिमाल प्रेस ७ कार्तिक २०८२ १७:३६ | Friday, October 24, 2025
चितवन : तिहारको एक सातामा ६९ दुर्घटना, सात जनाले गुमाए ज्यान

चितवन- नेपालीहरूको महान् पर्व तिहारको एक सातामा जिल्लामा ६९ वटा सवारी दुर्घटना भएका छन्। चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी तीव्रगतिमा सवारी चलाउँदा दुर्घटना बढेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालका अनुसार कात्तिक १ देखि ७ गतेसम्म जिल्लाका विभिन्न सडकमा भएका ६९ दुर्घटनाबाट सात जनाले ज्यान गुमाएका छन्।

मादक पदार्थ सेवन गरी रातको समयमा सवारी चलाउँदा दुर्घटना बढेको उनले बताए। एक सातामा भएका दुर्घटनामा परी एक सय ४१ जना घाइते भएको उनले जानकारी दिए।

जुवातास खेल्ने २१ जना पक्राउ

जिल्लाका विभिन्न स्थानमा जुवा खेल्दै आएका २१ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमाथि मुद्दा दर्ता गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक रिजालका अनुसार पक्राउ परेकाबाट नगद तीन लाख ६१ हजार २१० बरामद गरिएको छ। उनका अनुसार उनीहरूलाई मुलुकी अपराध संहिता दफा १२५ अनुसार कारबाही अघि बढाइएको हो। सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई भरतपुर र खैरहनी क्षेत्रबाट पक्राउ गरिएको हो। रासस

प्रकाशित: ७ कार्तिक २०८२ १७:३६ | Friday, October 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast