पोखरा एभेन्जर्सले गर्‍यो इंग्लिस विकेटकीपर एडम रोसिङ्गटनलाई अनुबन्ध

हिमाल प्रेस ७ कार्तिक २०८२ १०:०६ | Friday, October 24, 2025
पोखरा एभेन्जर्सले गर्‍यो इंग्लिस विकेटकीपर एडम रोसिङ्गटनलाई अनुबन्ध

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले इंग्ल्यान्डका विकेटकीपर-ब्याट्सम्यान एडम रोसिङ्गटनलाई अनुबन्ध गरेको छ। पोखराका लागि एडम पहिलो विदेशी खेलाडी हुन्।

३२ वर्षीय रोसिङ्गटनले इंग्ल्यान्ड यू-१९ राष्ट्रिय टिमबाट खेलिसकेका छन्। उनले इंग्लिस टी-२० भाइटालिटी ब्लास्ट, १०० बल क्रिकेट र अन्य देशका टी-२० फ्रेन्चाइज लिगहरूमा पनि भाग लिएका छन्।

टी-२० क्रिकेटमा उनले ३ हजारभन्दा बढी रन बनाएका छन् र विकेटकीपरको रूपमा १०० भन्दा बढी आउटमा संलग्न भएका छन्। १०० बल क्रिकेटमा उनले १५ बलमै अर्धशतक प्रहार गर्दै सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बनाएका थिए।

पोखरासँग अनुबन्ध भएपछि एडमले एनपीएल खेल्न उत्साहित भएको सन्देश दिएका छन्। नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखराले सागर ढकाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, तृत राज दास र दिनेश खरेललाई रिटेन गरेको थियो। यस्तै, अक्सनबाट अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्रीलाई पनि अनुबन्ध गरिएको छ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ। पोखराको टोलीमा कुशल भुर्तेल, दिनेश खरेल, विपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द, तृतराज दास, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री रहेका छन्।

प्रकाशित: ७ कार्तिक २०८२ १०:०६ | Friday, October 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast