भोटेकोशी बाढीको क्षति मूल्यांकन हुँदै, कालीगण्डकीको विवरणमा ढिलाइ

हिमाल प्रेस ११ कार्तिक २०८३ १४:५३ | Wednesday, October 28, 2026
भोटेकोशी बाढीको क्षति मूल्यांकन हुँदै, कालीगण्डकीको विवरणमा ढिलाइ सिंहदरबारमा बुधबार बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति बैठक। तस्बिर : रासस

काठमाडौँ- कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोशी बाढीका कारण विभिन्न क्षेत्रमा भएको नोक्सानीको मूल्यांकन भइरहेको जनाएको छ। सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले भोटेकोशी बाढीका कारण भएको नोक्सानीको ४-५ वटा शीर्षकमा वर्गीकरण गरेर मूल्यांकन भइरहेको जानकारी दिएका हुन्।

बाढीका कारण बालीनालीको नोक्सानीको मूल्यांकन राष्ट्रिय योजना आयोगकै प्रतिवेदनमा समेटिने उनले बताए। त्यस्तै उनले पशुपन्छीको क्षेत्रमा भएका नोक्सानीबारे किसान सूचीकरणको तथ्यांकका आधार र व्यावसायिक फार्महरूको नोक्सानीको विवरणका आधारमा मूल्यांकन भइरहेको बताए।

जग्गाको नोक्सानीका क्षेत्रमा हजारौँ वर्षदेखि खेती गरिँदै आएको र उत्पादकत्वका आधारमा जग्गाको क्षति मूल्यांकन गर्ने पद्धति अपनाएको उनको भनाइ छ। उनले सवै क्षेत्रका अन्तिम तथ्यांक समितिमा छिट्टै उपलव्ध गराइने धारणा राखे।

कालीगण्डकी बाढीपछिको नोक्सानीको मूल्यांकनमा भने केही ढिलाइ भएको सचिव मिश्रले बताए।

समिति सभापति कृष्णप्रसाद पौडेलले बाढी प्रभावित विभिन्न स्थानीय तहका ४९ वटा वडाको भिन्नभिन्न क्षतिका वास्तविक तथ्यांक प्रमाणीकरण गरेर उपलब्ध गराउन आग्रह गरे। सबै तथ्यांक आएपछि मात्रै समितिले स्थगलत निरीक्षण गर्ने उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast