चिसो बढ्दै गएपछि पर्साको उदयपुरघुर्मीमा आगो ताप्दै स्थानीयवासी। फाइल तस्बिरः रासस
                                            काठमाडौँ- पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रदेश नं १, मधेश प्रदेशलगायत बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
विभागले देशभर पहाडी तथा हिमाली धेरै भूभागमा र तराईका केही भूभागमा बादल लागेर तथा तराईका थोरै भूभागमा बिहानीपख हुस्सुकुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने बताइएको छ। महाशाखाको पछिल्लो विवरणानुसार आज (आइतबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १९ दशमलव दुई डिग्री सेल्सियस छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

