कैलालीमा बाघको आक्रमणबाट एकको मृत्यु, दुई जनाले भागेर ज्यान बचाए

हिमाल प्रेस १६ असोज २०८३ १०:४३ | Friday, October 2, 2026
कैलालीमा बाघको आक्रमणबाट एकको मृत्यु, दुई जनाले भागेर ज्यान बचाए फाइल तस्बिर।

कैलाली- बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

गौरीगंगा नगरपालिका-६ मोयास्थित भैरव महिला सामुदायिक वनमा शुक्रबार बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीले जानकारी दिए।

शाहीका अनुसार बिहान करिब ५:०० बजे चौधरीसहित तीन जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए। च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो। उनीसँगै गएका अन्य दुई जनाले भने भागेर ज्यान जोगाएका थिए।

बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरी वरिष्ठ नायब निरीक्षक शाहीले जानकारी दिए।

प्रकाशित: १६ असोज २०८३ १०:४३ | Friday, October 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast