चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु

हिमाल प्रेस १९ जेठ २०८३ १४:३५ | Tuesday, June 2, 2026
8
SHARES
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु

चितवन- चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण जेठ १ बाट सुरु गरिएको छ।

नवलपरासीको त्रिवेणीदेखि रौतहटसम्म बाघ गणना भएका क्षेत्रमा ४०० ट्रान्जीट बनाएर आहरा प्रजातिको सर्वेक्षण गरिन चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताए।

बाघको आहार प्रजातीमा जरायो, चितल, लगुना र रतुवा, गौरीगाई बँदेल, निलगाई र बाँदर पर्छन्। शुक्लाफाँटा, बाँके र बर्दीयामा चौका र बाह्रसिंगे समेत बाघको आहारा प्रजातिको रुपमा छन्।

सर्वेक्षण सकेपछि दुरी छनोट विधिबाट आहारा प्रजातीको सङ्ख्या निकालिने उनले जानकारी दिए। निकुञ्जमा सर्वेक्षण सकिएसँगै अध्ययनको काम सुरु गरिने छ।

यससँगै बाघका लागि आवश्यक आहारा प्रजाति जोगाउन के गर्न सकिन्छ भन्ने अध्ययनका लागि सहज वन्ने उनले जानकारी दिए।

प्रकाशित: १९ जेठ २०८३ १४:३५ | Tuesday, June 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast