ध्यानबाट शिक्षाको गुणस्तर उकास्न मद्दत पुग्छ : शिक्षामन्त्री पुन

हिमाल प्रेस ३ कार्तिक २०८२ १२:१२ | Monday, October 20, 2025
ध्यानबाट शिक्षाको गुणस्तर उकास्न मद्दत पुग्छ : शिक्षामन्त्री पुन

काठमाडौँ- शिक्षा क्षेत्रबाट स्वस्थ, सृजनशील र सकारात्मक जनशक्ति विकास गर्ने उद्देश्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जीवन विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा ‘स्वस्थ, सृजनशील र सकारात्मक जीवनका लागि शिक्षामा स्वजागरण’ शीर्षकको कार्यक्रम आयोजना गरेको छ।

मन्त्रालय परिसरमा सम्पन्न कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा.महावीर पुन, मन्त्रालयका सचिव चुडामणि पौडेल, सहसचिवहरू, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अन्य अधिकारी तथा प्रधानाध्यापक संघका प्रतिनिधिहरू सहभागी थिए।

कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक गुरु एल.पी. भानु शर्माले सहभागीहरूलाई स्वजागरण ध्यान अभ्यास गराएका थिए। उनले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सिकाई चौतारीमा राखिएका ५ मिनेट, १५ मिनेट र २५ मिनेटका सहज ध्यान विधिमध्ये ५ मिनेटको ध्यान विधिको प्रदर्शन गराएका थिए।

मन्त्री पुनले छोटो ध्यानको नियमित अभ्यासले मन शुद्ध पार्न, सकारात्मक सोच विकास गर्न र शिक्षाको गुणस्तर उकास्न मद्दत गर्ने बताएका छन्। उनले देशभरका स्थानीय तह, विद्यालय र शिक्षकहरूलाई सिकाई चौतारीमा रहेका ध्यान विधिहरूको प्रयोग गर्न आग्रह गरे।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार सिकाई चौतारीमा उपलब्ध ध्यान विधिहरू विद्यालयमा अपनाएर स्वस्थ, सृजनशील र सकारात्मक जनशक्ति विकासमा टेवा पुगोस् भन्ने मन्त्रालयको अपेक्षा रहेको छ।

प्रकाशित: ३ कार्तिक २०८२ १२:१२ | Monday, October 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast