यी नेताले मागे केपी ओलीको राजीनामा

हिमाल प्रेस ३१ असोज २०८२ १२:४६
30
SHARES
यी नेताले मागे केपी ओलीको राजीनामा

काठमाडौँ- ललितपुरमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको माग खुलेर उठ्न थालेको छ।

बुधबारदेखि सुरु भएको बैठकमा शुक्रबार केन्द्रीय सदस्य ठाकुर गैरे, उषाकिरण तिम्सिना, अरबिन्द सिंहलगायत नेताहरूले ओलीले अब अध्यक्ष पद छाड्नुपर्ने माग राखे।

गैरेले विशेष राजनीतिक प्रतिवेदनमा धारणा राख्दै सबै कुरा ध्वस्त भइसकेको, पार्टी रूपान्तरणको मुद्दालाई नेतृत्व विरोधको रूपमा नबुझी नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए।

तिम्सिनाले जेनजी आन्दोलनले दलहरूको पुनर्गठनको माग गरिरहेको भन्दै एमालेमा पनि नेतृत्व हस्तान्तरण अपरिहार्य भएको औंल्याइन्।

उनले भनिन्,‘अब अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छ, यही संरचना लिएर न चुनावमा जान सकिन्छ न आन्दोलनमा।’

साथै उनले व्यापारी मीनबहादुर गुरुङले एमालेलाई दिएको जग्गा फिर्ता गर्न माग गरिन्। भनिन्, ‘गुरुङको सम्पत्तिमाथि क्षति भएकाले सहयोग विथड्रो गर्ने निर्णय गरौँ।’

गत वर्ष यही विषय उठाउँदा तिम्सिना अध्यक्ष ओलीद्वारा ६ महिनाका लागि निलम्बन भएकी थिइन्। यता, केन्द्रीय सदस्य अरबिन्द सिंहले ओलीको राजनीतिक प्रतिवेदन २४ घण्टामै फेल भएको भन्दै ११ वर्षको नेतृत्वले पार्टीलाई संकटमा पुर्याएको बताए।

उनले पार्टीभित्र भ्रष्टाचार र व्यभिचारका आरोपमा छानबिनको माग गर्दै भने, ‘जनताको आक्रोश एमाले होइन, ओली र उनलाई घेराबन्दीमा राख्ने समूहमाथि छ, त्यसैले अब जिम्मेवारी हस्तान्तरण नै पार्टीको भविष्य बचाउने उपाय हो।’

सिंहले विद्या भण्डारीको सदस्यता नवीकरण गरी पुनः पार्टी काममा फर्काउने मागसमेत राखे।

प्रकाशित: ३१ असोज २०८२ १२:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast