एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै, ओलीको राजीनामा माग्दै विद्याको पक्षमा खुले नेताहरू

हिमाल प्रेस ३१ असोज २०८२ ६:३६ | Friday, October 17, 2025
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै, ओलीको राजीनामा माग्दै विद्याको पक्षमा खुले नेताहरू ललितपुरमा बुधबार सुरु भएको एमालेको दसौँ केन्द्रीय कमिटी बैठकमा नेकपा (एमाले )का अध्यक्ष केपी शर्मा ओली । तस्बिर : रासस

काठमाडौँ- नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक आज सकिँदैछ। ललितपुरको रामबाग महलमा तीन दिनदेखि जारी बैठकमा शुक्रबार बाँकी केन्द्रीय सदस्य, पोलिटब्युरो र पदाधिकारीहरूले धारणा राखेपछि समापन हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गर्दै करिब एक दर्जन नेताहरू खुलेका छन्। तीमध्ये केन्द्रीय सदस्यहरू सुरेन्द्र मानन्धर, रचना खड्का, गणेश पहाडी, रामलाल साह, कृष्ण थापा, कृष्णभक्त पोखरेल, झपट रावल, प्रकाश शाह लगायतले ओलीले अब मार्ग प्रशस्त गरेर पार्टीमा नयाँ नेतृत्व दिनुपर्ने धारणा राखेका हुन्।

यस्तै, केन्द्रीय सदस्य विद्या भट्टराई, रविन कोइराला, गणेश पहाडी, रचना खड्का, कृष्ण थापा, परशुराम अधिकारी, ममता गिरी, झपट रावल, नारायण सिलवाल, प्रभा बराल, दीपा शर्मा, सरिता न्यौपाने, सुशीला कार्की, हरि राई, विद्यासुन्दर शाक्य, सोम मिश्र, गणेश खनाल लगायत झन्डै ३० जना नेताहरू पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका छन्। उनीहरूले भण्डारीको नवीकरण रोकिएको पार्टी सदस्यता पुनः खुला गर्न माग गरेका छन्।

बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गते पोखरामा ११औं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।

प्रकाशित: ३१ असोज २०८२ ६:३६ | Friday, October 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast