एमाले महाधिवेशन मंसिर २७ देखि पोखरामा प्रस्ताव

हिमाल प्रेस २९ असोज २०८२ १५:०२ | Wednesday, October 15, 2025
एमाले महाधिवेशन मंसिर २७ देखि पोखरामा प्रस्ताव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको एमालेको दशौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै। तस्बिर : रासस

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ महाधिवेशन मंसिर २७, २८ र २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव गरेका छन्। ललितपुरमा बुधबार सुरु एमाले केन्द्रीय कमिटीको १० औँ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो प्रस्ताव गरेका हुन्।

ओलीले सरकारकै कारण तोकिएको समयमा निर्वाचन नहुने बताए। ओलीले सुशीला कार्की असंवैधानिक ढंगले प्रधानमन्त्री बनेको र संसद् विघटनसमेत असंवैधानिक तरिकाले गरेको दोहो¥याए। असंवैधानिक ढंगले संसद् विघटन गर्नुहुँदैन भन्ने फैसला गर्नेहरु आफैँले अहिले असंवैधानिक तरिकाले विघटन गर्ने काम योजनाअन्तर्गत गरिएको प्रतिगमन भएको दाबी ओलीको छ।

उनले भने, ‘संसद् मान्दैनौँ, व्यवस्था मान्दैनौँ, व्यवस्था नै फेर्नुपर्छ भनेर वर्षौँअघिदेखि भन्दै आएकाहरूले भदौ २३, २४ को घटना गराएका हुन्।’

सर्वोच्च अदालतले यसअघि नै नजिर कायम गरिसकेकोले अहिलेको संसद् विघटन ठिक छ भनेर सोच्ने पनि नसकिने ओलीले बताए। उनले अहिलेको असहज अवस्थामा पनि एमालेले नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिकिर गरे। ओलीले एमालेको नेतृत्वका विषयमा भएका चर्चाप्रति असन्तुष्टि जनाए। अध्यक्ष ओलीले कसैले फेसबुकमा गाली गर्दैमा आफूले पार्टी अध्यक्ष पद नछाड्ने बताए। उनले भने, ‘केन्द्रीय कमिटीबाट पारित भएमा एक मिनेट पनि अध्यक्ष पदमा बस्दिनँ।’

बैठकमा अध्यक्ष ओलीले पार्टीको ११ औँ महाधिवेशन मंसिर २७, २८ र २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव गरेका छन्। त्यस्तै मुलुकको राजनीतिक परिस्थीति र हाम्रो नीति विषयक ओलीको विशेष प्रस्तावमा जेनजी आन्दोलनको स्वतन्त्र र निष्पक्ष छानविन गर्दै दोषीमाथि कडा कारवाही हुनुपर्ने उल्लेख गरिएको छ।

प्रकाशित: २९ असोज २०८२ १५:०२ | Wednesday, October 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast