ओलीले गरे एकीकृत समाजवादीलाई एकताको निम्तो, भने- यो बलियो घर हो, फर्कनुहोस्

हिमाल प्रेस २९ असोज २०८२ १३:४० | Wednesday, October 15, 2025
ओलीले गरे एकीकृत समाजवादीलाई एकताको निम्तो, भने- यो बलियो घर हो, फर्कनुहोस् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको एमालेको दशौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै। तस्बिर : रासस

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट अलग भएर बनेको नेकपा (एकीकृत समाजवादी) लाई पुनः एकताको प्रस्ताव गरेका छन्।

एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय एकताको लागि वाम दलहरूबीच सहकार्य र एकता आवश्यक रहेको बताएका हुन्।

एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकताको तयारी गरिरहेका बेला एमालेमा फर्किनु नै विवेकपूर्ण निर्णय हुने ओलीले बताए।

‘कसैको चौतारीमा नजानुहोस्, यो बलियो घर हो,’ ओलीले भने,‘यहाँ आउनुहोस्। लाखौं कार्यकर्ताले सिँगारेको पार्टी हो, अन्यत्र बास खोज्दै नहिँड्नुहोस्।’

ओलीले अन्य राजनीतिक दलहरूलाई पनि राष्ट्रिय एकता र सहकार्यको भावनामा जोड दिन आग्रह गरे।

प्रकाशित: २९ असोज २०८२ १३:४० | Wednesday, October 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast