मधेशको मुख्यमन्त्रीमा लोसपाको स्वाभाविक दाबी : अध्यक्ष ठाकुर

हिमाल प्रेस २८ असोज २०८२ १७:०९ | Tuesday, October 14, 2025
मधेशको मुख्यमन्त्रीमा लोसपाको स्वाभाविक दाबी : अध्यक्ष ठाकुर

धनुषा- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपाको स्वाभाविक दाबी रहेको बताएका छन्।

आज जनकपुरधामस्थित मधेश प्रदेशको पार्टी कार्यालयमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै ठाकुरले भने,‘उपेन्द्रजीको बाराको चुनावअगाडि नै लोसपालाई मधेशको नेतृत्व दिने तत्कालीन सत्ताघटकको सर्वपक्षीय सहमति भएको हो।’

उनले आफूहरू पर्ख र हेरको मनस्थितिमा रहेको बताए। उनले बाराको निर्वाचनमा जितेन्द्र सोनलको अगुवाइमा लोसपालाई प्रयोग गरेर उपेन्द्र यादवले पछि शेरबहादुर देउवा र प्रचण्डकै अगाडि लोसपाले धोका दियो भनेर बोल्दा देउवा र प्रचण्ड रिसाएको पनि बताए।

प्रकाशित: २८ असोज २०८२ १७:०९ | Tuesday, October 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast