पाठ्यपुस्तकमा नैतिक, व्यावहारिक, इतिहास र संविधानको ज्ञान समावेश गर्न मन्त्री पुनको निर्देशन

हिमाल प्रेस २३ असोज २०८२ १०:१३
36
SHARES
पाठ्यपुस्तकमा नैतिक, व्यावहारिक, इतिहास र संविधानको ज्ञान समावेश गर्न मन्त्री पुनको निर्देशन शिक्षामन्त्री महावीर पुन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा.महावीर पुनले पाठ्यक्रम विकास केन्द्रलाई विद्यालय शिक्षा प्रणालीमा संविधान, नैतिकता, इतिहास र व्यवहारिक ज्ञानलाई प्राथमिकताका साथ समावेश गर्न निर्देशन दिएका छन्।

बुधबार पाठ्यक्रम विकास केन्द्रमा गरिएको दुई घण्टा लामो छलफलपछि मन्त्री पुनले सामुदायिक र संस्थागत विद्यालयहरूका पाठ्यक्रम विकासमा गम्भीर भएर काम गर्न आग्रह गरे।

उनले पाठ्यक्रम परिमार्जन र अध्यावधिक कार्य समयमै सम्पन्न गर्न, मातृभाषाका पाठ्यपुस्तकहरूको विकासमा सहयोग गर्न र विद्यार्थीहरूलाई व्यवहारिक र नैतिक शिक्षासँगै नेपालको संविधानसम्बन्धी ज्ञान दिन पाठ्यपुस्तकलाई पुनर्संरचना गर्न निर्देशन दिए।

‘हाम्रो पाठ्यपुस्तकले विद्यार्थीमा जिम्मेवार नागरिक चेतना जगाउनुपर्छ,’ मन्त्री पुनको भनाइ थियो। उनले शिक्षालाई पुस्तकमुखी मात्र नभई व्यवहारिक र समाजमुखी बनाउनुपर्नेमा पनि जोड दिए।

मन्त्री पुनले आगामी वर्षदेखि कक्षा ९ र १० मा १०० अंकको कम्प्युटर विषय अनिवार्य गरिने भएकाले सोही अनुसार नयाँ पाठ्यक्रम तयार गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन्।

पुनले हालको पाठ्यक्रमले समयको मागअनुसार पर्याप्त परिमार्जन नपाएको भन्दै त्यसलाई सुधार्न र डिजिटल युगसँग मेल खाने गरी अद्यावधिक गर्न पनि सुझाव दिएका छन्।

प्रकाशित: २३ असोज २०८२ १०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast