शिक्षामन्त्री पुनले गरे सानोठिमी र नास्टमा निरीक्षण, कर्मचारीसँग के भने?

हिमाल प्रेस २२ असोज २०८२ १६:१५
472
SHARES
शिक्षामन्त्री पुनले गरे सानोठिमी र नास्टमा निरीक्षण, कर्मचारीसँग के भने?

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा.महावीर पुनले बुधबार सानोठिमीस्थित शिक्षा मन्त्रालय अन्तर्गतका निकाय र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) दुवै स्थानको निरीक्षण गरेका छन्।

मन्त्री पुन सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्र पुग्दा केन्द्रका कर्मचारीहरूले उनलाई शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न समस्या र सुधारका आवश्यकता बारेमा जानकारी गराए।

साना–ठूला विद्यालयबीचको असमानता, शिक्षक प्रशिक्षण र विद्यालयको गुणस्तरसम्बन्धी चुनौतीहरूबारे केन्द्रका अधिकारीहरूले मन्त्रीलाई ब्रिफिङ गरे। त्यसपछि मन्त्री डा.पुन नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) पुगेर त्यहाँको प्रविधि प्रयोगशाला र अनुसन्धान पूर्वाधारको अवलोकन गरेका छन्।

निरीक्षणका क्रममा मन्त्री डा.पुनले नास्टको भूमिकाबारे आफ्ना धारणा राख्दै भने, ‘नास्ट सुरु भएको ४३ वर्ष पुग्न लाग्यो। यो अवधिमा केही राम्रो काम भएका छन् तर गर्न सकिने धेरै काम अझै नभएको देखिन्छ। यो विज्ञान प्रविधिको विकासका लागि खोलिएको संस्था हो, त्यसअनुसार काममा परिणाम देखिनुपर्छ,’ उनले भने।

अवलोकनका क्रममा मन्त्री डा.पुनलाई नास्टका उपकुलपति दिलिप सुब्बाले स्वागत गरेका थिए। नास्टका प्रविधि संकायका प्रमुख डा. सुरेश ढुंगेलका अनुसार मन्त्री पुनले प्रविधि प्रयोगशाला लगायतका विभिन्न इकाइहरूको पनि अवलोकन गरेका छन्।

प्रकाशित: २२ असोज २०८२ १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast