भारतको हिमाचल प्रदेशमा पहिरोमा पुरिएर १५ जनाको मृत्यु

हिमाल प्रेस २२ असोज २०८२ १०:२२
8
SHARES
भारतको हिमाचल प्रदेशमा पहिरोमा पुरिएर १५ जनाको मृत्यु

काठमाडौँ- भारतको हिमाचल प्रदेशमा पहिरोमा पुरिएर १५ जनाको ज्यान गएको छ। हिमाचल प्रदेशको बिलासपुर जिल्लामा पहिरो गएको हो।

पहिरोमा पुरिएर दुई बालबालिका र चार महिलासहित १५ जनाको मृत्यु भएको बिलासपुरका एसपी सन्दीप धवललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
एक निजी बसमाथि पहिरो खसेर यो दुर्घटना भएको धववले जानकारी दिएका छन्।

‘एक निजी बसमाथि पहाडबाट पहिरो खस्यो। यो घटनामा १५ जनाको मृत्यु भएको छ। जसमध्ये ८ जना पुरुष, ४ जना महिला र २ जना बालबालिका छन्। स्थानीयवासी र उद्धार टोलीले दुई जना बालबालिकालाई जीवितै बचाएका छन्,’ उनले भने।

यो घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। मृतक परिवार र घाइतेहरूका लागि प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतक परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार राशि प्रदान गरिने उनले बताएका छन्।

प्रकाशित: २२ असोज २०८२ १०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast