पहिरोमा पुरिएर एक महिला बेपत्ता

हिमाल प्रेस ९ असोज २०८३ १९:२२ | Friday, September 25, 2026
पहिरोमा पुरिएर एक महिला बेपत्ता

काठमाडौँ- पहिरोले घर पुरिँदा पाल्पाको रिब्दीकोट गाउँपालिकाकी एक महिला बेपत्ता भएकी छन्।

पाल्पाको रिब्दीकोट गाउँपालिका–६ धुस्तुङ गोलफानमा अविरल वर्षापछि गएको पहिरोमा दुईवटा घर पुरिएको हो।

पहिरोमा परेर घर पुरिँदा केसुराम रारु मगरकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु घरभित्रै पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनका परिवारका अन्य सदस्य भने सकुशल छन्।

अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले ढुंगा माटोले बनेको जस्तापाताले छाएको तीनतले कच्ची घर पुरेको प्रहरीको भनाइ छ।

घरभन्दा करिब दुई सय मिटर मथि रहेको मोटर बाटोबाट पहिरो तथा लेदो निरन्तर बगिरहेको कारण तत्काल खोज तथा उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले बेपत्ता महिलाको खोज तथा उद्धारका लागि आवश्यक पहल भइरहेको जनाएको छ।

प्रकाशित: ९ असोज २०८३ १९:२२ | Friday, September 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast