‘जेनजी’ प्रदर्शनका क्रममा कारागारबाट भागेका दुई विदेशी पक्राउ

हिमाल प्रेस ६ असोज २०८२ १९:५६ | Monday, September 22, 2025
‘जेनजी’ प्रदर्शनका क्रममा कारागारबाट भागेका दुई विदेशी पक्राउ

काठमाडौँ- बालयौन दुराचार तथा जबर्जस्ती करणी मुद्दामा कारागारबाट फरार भएका दुई अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बालयौन दुराचार मुद्दामा कास्की कारागारमा कैद भुक्तान गरिरहेका माइकल नर्मन टेलर र जबर्जस्ती करणी मुद्दामा काठमाडौँमा कैद भुक्तान गरिरहेका जेसन लोयड सुडिलाई आज ‍‍(सोमबार) पक्राउ गरेको हो।

ब्यूरोका सहप्रवक्ता, प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले माइकल जिल्ला अदालत कास्कीको आदेशले कास्की कारागारमा र जेसन जिल्ला अदालत काठमाडौँको आदेशले केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेको जानकारी दिए। ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका दुवै जनालाई ब्युरोको टोलीले आज (सोमबार) काठमाडौँ महानगरपालिका-३ महाराजगञ्जबाट पक्राउ गरी सम्बन्धित कारागारमा बुझाएको उनले बताए।

प्रकाशित: ६ असोज २०८२ १९:५६ | Monday, September 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast