भारतीय प्रहरीले पनि पक्राउ गर्दैछ नेपालका जेलबाट भागेका कैदी

हिमाल प्रेस २६ भदौ २०८२ ६:०९
भारतीय प्रहरीले पनि पक्राउ गर्दैछ नेपालका जेलबाट भागेका कैदी प्रतिनिधिमूलक तस्बिर

रुपन्देही- जेनजी आन्दोलनका क्रममा चितवनको भरतपुर कारागारबाट भागेका चार कैदीबन्दी सुनौलीस्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी) को नियन्त्रणमा रहेका छन् । नियन्त्रणमा रहेका चारै जना भारतीय मूलका रहेको बुझिएको छ ।

ती चार कैदीबन्दीमा गाँजा तस्करी आरोपमा कारागारमा रहेका भारतको उत्तर प्रदेश सम्भल जिल्लाका अनिल गिरी र राजपाल सिंह छन् । त्यसैगरी दुर्घटना गराएको आरोपमा कारागारमा रहेका भारतकै उत्तर प्रदेश बाराबांकी जिल्लाका मोनू कश्यप र हरियाण जिल्लाका अब्बास खान रहेका छन् ।

एसएसबीले उनीहरू नेपालको कारागारबाट भागे पनि भारततर्फ उनीहरूको कुनै कुनै आपराधिक अभिलेख नरहेको जनाउँदै नेपाल प्रहरीलाई हस्तान्तरण गर्न आनाकानी गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले साँझ साढे ५ बजे सम्म पनि एसएसबीले उनीहरुलाई हस्तान्तरण नगरेको जानकारी दिए ।

`उनीहरूको भारतमा कुनै आपराधिक रेकर्ड देखिएको छैन भन्दै एसएसबीले हस्तान्तरण गर्न ढिलाइ गरिरहेको छ´, उनले भने, `एसएसबीले माथिको आदेश आएपछि मात्र नेपाली पक्षलाई हस्तान्तरण गर्ने भनेकोले हामी पनि आदेश कुरिरहेका छौँ ।´

प्रकाशित: २६ भदौ २०८२ ६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast