
काठमाडौँ- नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ। साथै, इतिहासकै कलंकको रूपमा भएको नरसंहारको जिम्मा सरकारले लिनुपर्ने जनाएको छ।
सोमबारसाँझ खुमलटारमा बसेको पार्टी पदाधिकारीको आकस्मिक बैठकले जेनजी प्रदर्शनमा बर्बर दमनबाट मारिएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचार र स्वास्थ्य लाभको कामना गरेको छ।
जनजागरण अभियान स्थगन गरी काठमाडौं फर्किएर बसेको उक्त आकस्मिक बैठकले हाल देशमा विकसित घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण गर्दै विभिन्न निर्णय गरेको छ ।
यस्ता छन् निर्णयहरू–
१. भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति जेनजी पुस्तासँग हाम्रो धारणा समान छ । त्यसैले आन्दोलनलाई शान्तिपूर्ण र संयमित रूपमा सञ्चालन गर्न अपिल गरिन्छ।
२ इतिहासकै कलंकको रूपमा भएको नरसंहारको जिम्मा सरकारले लिनुपर्दछ, र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ ।
३ बर्बर दमनबाट मारिएका प्रतिहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचार र स्वास्थ्य लाभको कामना गर्दछौँ ।
४ प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिहरूलाई सहिद घोषणा गर्न, साथै भोलि ९भदौ २४ गते० साँझ ५ बजे देशभरका सबै स्थानीय तहहरूमा श्रद्धाञ्जली सभा आयोजना गर्न निर्णय गरिन्छ ।
६ घटनाको स्वतन्त्र, निष्पक्ष र न्यायिक छानबिन गर्न आयोग गठन गरी दोषीहरूलाई कडा कारबाही गर्न माग गरिन्छ ।
७ देशभक्त र परिवर्तनका पक्षधर लोकतान्त्रिक शक्तिहरूसँग संवाद गर्दै एकताबद्ध भई समस्याको समाधान गर्न अपिल गरिन्छ ।
८ जेनजी पुस्ता र माओवादी केन्द्रबीच साझा अवधारणा भएकाले आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा संवाद गर्न हामी युवा पुस्ताका प्रतिनिधिहरूसँग अपिल गर्दछौँ ।