बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा पर्ने, यी स्थानमा आज पर्ने छ भारी वर्षा

हिमाल प्रेस ८ भदौ २०८२ ६:३३ | Sunday, August 24, 2025
बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा पर्ने, यी स्थानमा आज पर्ने छ भारी वर्षा

काठमाडौँ- हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास (भारततर्फ) अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार नेपालको मौसम प्रणालीमा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ।

आइतबार देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती र कर्णाली प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश लगायत कोशी प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागमा हावाहुरीको पनि सम्भावना छ।

मधेश, कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

कोशी, मधेश, बागमती, र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी तराई भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: ८ भदौ २०८२ ६:३३ | Sunday, August 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast