बालविकासलाई बच्चा खेलाउने ठाउँ मात्रै भनेर नसोचौं, विद्यालयको जग हो : सुमना श्रेष्ठ

हिमाल प्रेस ५ भदौ २०८२ १३:३० | Thursday, August 21, 2025
14
SHARES
बालविकासलाई बच्चा खेलाउने ठाउँ मात्रै भनेर नसोचौं, विद्यालयको जग हो : सुमना श्रेष्ठ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य सुमना श्रेष्ठले सामुदायिक विद्यालयमा बालविकासलाई ‘बच्चा खेलाउने ठाउँ मात्र’ भन्ने सोच बदल्नुपर्ने बताएकी छन्।

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी प्रतिवेदनमाथि सुझाव दिँदै सांसद श्रेष्ठले बालविकासलाई शिक्षाको आधारभूत ‘फाउण्डेशन’को रूपमा लिइनुपर्ने बताइन्।

‘बालविकासलाई जहिले पनि बच्चा खेलाउने भनेर मात्रै सोच्दै आएका छौं। तर त्यो खेलाउने मात्र होइन, त्यो नै जग हो,’ उनले भनिन्, ‘त्यसैले त्यहाँ कार्यरत सहजकर्तालाई सहजकर्ता भन्ने होइन, शिक्षक भन्नुपर्छ भनेर मैले अनुरोध गरें।’

उनले बालविकास सहजकर्ताका लागि पनि प्रदेशस्तरीय तालिमको व्यवस्था गर्नुपर्ने प्रस्ताव राखिन्। ‘शिक्षकलाई जसरी प्रदेशस्तरीय तालिमको व्यवस्था गर्छौं, त्यस्तै बालविकास सहजकर्ताका लागि पनि प्रदेशबाटै तालिमको व्यवस्था गरौं। स्थानीय तहले यो गर्न नसक्न सक्छ,’ सांसद श्रेष्ठको भनाइ छ।

प्रकाशित: ५ भदौ २०८२ १३:३० | Thursday, August 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast