अवरुद्ध राजमार्ग खुल्यो

हिमाल प्रेस २९ साउन २०८२ ११:२० | Thursday, August 14, 2025
अवरुद्ध राजमार्ग खुल्यो

बैतडी- जयपृथ्वी राजमार्ग १३ घण्टापछि खुलेको छ। राजमार्गको खोडपे-बझाङ सडकखण्डअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका-७ भञ्ज्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

सडकमा खसेको पहिरो जेसिबीले पन्छाएपछि केही बेरअघिदेखि राजमार्ग सञ्चालन भएको बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

लगातारको वर्षाले पहिरो पन्छाउन ढिलो भएको थियो। सवारी साधन सञ्चालन भएसँगै अलपत्र यात्री आ-आफ्ना गन्तव्यतर्फ लागेका छन्। रासस

प्रकाशित: २९ साउन २०८२ ११:२० | Thursday, August 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast