धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

हिमाल प्रेस २७ साउन २०८२ २०:०५
22
SHARES
धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिकाले देशका विभिन्न सहरमा घुम्ती शिविर सञ्चालन गरेर ६ सय जना भन्दाबढी सर्वसाधारणलाई सेवा प्रवाह गरेको छ।

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर जनप्रतिनिधि र कर्मचारी प्रमुख सहर झरेका थिए। घुम्ती शिविरबाट छ सय २३ जनाले सेवा लिएका धवलागिरि गाउँ कार्यपालिकाको प्रवक्ता देवेन्द्र रोकाले जानकारी दिए।

सोमबार र मंगलबार बेनीमा घुम्ती शिविर सञ्चालन गरेको गाउँपालिकाले यसअघि साउन १८ र १९ गते काठमाडौँ, २१ र २२ गते पोखरामा आयोजना गरेको थियो। १ देखि ७ नम्बर वडाका क्रमशः ५५, ३९, ७७, एक सय १३, एक सय ३०, एक सय २२ र ८७ जनाले शिविरबाट सेवा लिएका प्रवक्ता रोकाले बताए।

प्रकाशित: २७ साउन २०८२ २०:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast