विगतका सम्झौता कार्यान्वयन गर भन्दै राहत शिक्षक आन्दोलित

हिमाल प्रेस २५ साउन २०८२ १०:०३ | Sunday, August 10, 2025
विगतका सम्झौता कार्यान्वयन गर भन्दै राहत शिक्षक आन्दोलित

काठमाडौँ- विद्यालय शिक्षा विधेयकमा राहत शिक्षकको स्थायी व्यवस्थापनको व्यवस्था नभएको भन्दै नेपाल राहत शिक्षक केन्द्रीय समितिको आह्वानमा आज देशभरका स्थानीय तहमा एकैपटक धर्ना कार्यक्रम आयोजना गरिएको छ।

बिहान ११ बजेबाट सुरु हुने धर्नामा राहत शिक्षक, शिक्षासँग सम्बन्धित विभिन्न संघ–संगठनका प्रतिनिधि तथा स्थानीय अभिभावकलाई उपस्थित हुन समितिले आग्रह गरेको छ।

‘राहत शिक्षकको स्थायी व्यवस्थापन गर’,‘विगतका सम्झौताहरू कार्यान्वयन गर’ लगायतका नारासहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हालको प्रस्तावित विधेयकको विरोधमा समिति छ।

समितिका महासचिव डम्बर राईका अनुसार विगतमा भएका सहमति–सम्झौता र स्थापित नजीरलाई बेवास्ता गर्दै विधेयक अघि बढाइएकाले बाध्य भएर विरोध कार्यक्रम सञ्चालन गरिएको हो। उनले भने,‘यो विधेयकको वर्तमान स्वरूपले राहत शिक्षकलाई पेसाबाट बर्हिगमन गराउने खतरा देखिएको छ। त्यसैले हाम्रो संघर्ष जारी रहनेछ।’

प्रकाशित: २५ साउन २०८२ १०:०३ | Sunday, August 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast