प्रधानमन्त्री ओलीले दिए रक्षा बन्धनको शुभकामना

हिमाल प्रेस २४ साउन २०८२ ९:०१
4
SHARES
प्रधानमन्त्री ओलीले दिए रक्षा बन्धनको शुभकामना

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सबैलाई जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धनको शुभकामना व्यक्त गरेका हुन्।

‘आज श्रावण शुक्ल पूर्णिमा, यस दिन हामी तीनवटा सांस्कृतिक पर्व जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धन मनाउँछौँ। वर्षे बाली लगाइसकेर चिसोबाट बच्न गेँडागुडी खाने पर्वका रूपमा हाम्रा पुर्खाले यसलाई मनाउँदै आएका छन्’, प्रधानमन्त्री ओलीले लेखेका छन्।

प्रधानमन्त्री ओलीले जनैपूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक मानिन्छ भने रक्षाबन्धनलाई आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्वका रूपमा मनाइने गरेको उल्लेख गरेका छन्। ‘प्राचीन विद्वान्हरूका ज्ञानदीपले मानव सभ्यतालाई दिएको प्रकाशको सम्मानस्वरुप ऋषि तर्पणी मनाइन्छ’, प्रधानमन्त्री ओलीले लेखेका छन्।

आज श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारणा गरेर मनाइँदैछ।

प्रकाशित: २४ साउन २०८२ ९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast