प्रधानमन्त्री तुर्केमेनिस्तान प्रस्थान

हिमाल प्रेस १९ साउन २०८२ ६:४९
प्रधानमन्त्री तुर्केमेनिस्तान प्रस्थान

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली तुर्केमेनिस्तान प्रस्थान गरेका छन्।

तुर्केमेनिस्तानको आवाजमा हुन लागेको तेस्रो ‘यूयन कन्फ्रेन्स ल्यान्ड लोकेड डेभलमेन्ट्न्स् कन्ट्रीस’ (एलएलडी सी–३) मा सहभागी हुन ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइतबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्।

आजदेखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यता प्रस्थान गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय संसद्का सदस्य सूर्यबहादुर थापा क्षेत्री र उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी छन्।

सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। त्यस अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता गर्नेसमेत कार्यक्रम छ।

प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित: १९ साउन २०८२ ६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast