वर्षापछि मौसम विभागले गरायो विभिन्न जिल्लामा सतर्कता

हिमाल प्रेस १२ साउन २०८२ ९:५०
14
SHARES
वर्षापछि मौसम विभागले गरायो विभिन्न जिल्लामा सतर्कता काभ्रेको रोशी खोलाको गत वर्षको बाढी। फाइल तस्बिर

काठमाडौँ- आज विभिन्न स्थानमा वर्षा जारी छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आजको सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ।

बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ।

जिल्लाका हिसाबले आज दोलखा, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ।

आज इलाम, झापा, सोलुखुम्बु, संखुवासभा, रसुवा, धादिङ, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कैलाली र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।

प्रकाशित: १२ साउन २०८२ ९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast