यी स्थानमा छ आज बाढीको जोखिम

हिमाल प्रेस १० साउन २०८२ १०:०५
18
SHARES
यी स्थानमा छ आज बाढीको जोखिम

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागको बाढीको सम्भावित जोखिम निर्धारण गरेको छ।

बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तलै छ। तर बढ्ने सम्भावना छ।

आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च छ।

आज सोलुखुम्बु, रसुवा, धादिङ, काभ्रेपलाञ्चोक, मकवानपुर, कास्की, गोरखा, लमजुङ, बागलुङ, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, रोल्पा, सुर्खेत, दैलेख, कालिकोट, बझाङ, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित: १० साउन २०८२ १०:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast