देशभित्र गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न चुनौती देखियो : देउवा

हिमाल प्रेस ३२ असार २०८२ १८:०० | Wednesday, July 16, 2025
देशभित्र गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न चुनौती देखियो : देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभित्र गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु अहिलेको चूनौति रहेको बताएका छन्।

नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले हिजोको चूनौति साक्षरता रहेको भन्दै आजको चूनौति देशभित्र गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु रहेको बताएका हुन्।

उनले सरकार, सबै राजनीतिक दल र सरोकारवालाई शिक्षाको विकासका लागि एकजुट भएर लाग्न अनुरोध गरे।

सामूदायिक विद्यालयहरुले सेवामूखी भई मुलुकको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिँदैआएको उनले बताए। सभापति देउवाले सामूदायिक विद्यालयको शिक्षाको गुणस्तरको वृद्धिका साथै सुविधा पनि विस्तार गर्नुपर्ने खाँचो रहेको धारणा राखे।

उनले समृद्धिको आधारशिला जिवनउपयोगी शिक्षा रहेकाले व्यवसायिक शिक्षा प्रदान गर्न सरकारबाट समुचित र न्यायोचित पहल हुनुपर्ने खाँचो देखिएको बताए।

प्रकाशित: ३२ असार २०८२ १८:०० | Wednesday, July 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast